Rule 33
प्रयोग भैसकेका वस्तुहरूको कर निर्धारण तरीका
(१) प्रयोग भैसकेका वस्तुहरूको कर निर्धारण त्यस्ता वस्तुहरूको बिक्री मूल्य र खरीद मूल्य बीचको बचतमा मात्र गरिनेछ । त्यस्ता वस्तुको बिक्रेताले देहाय बमोजिमका स्थायी अभिलेख त्यस्ता वस्तु खरिद वा बिक्री गर्दाकै अवस्थामा तयार गरी राख्नुपर्नेछ ।
(क) खरीद सम्बन्धी
(अ) खरीद मिति,
(आ) वस्तुको पूर्ण जानकारी हुने किसिमको व्यहोराको उल्लेख,
(इ) कर बाहेकको खरिद मूल्य,
(ई) करको दर,
(उ) करको रकम,
(ऊ) तिरेको कूल रकम ।
(ख) बिक्री सम्बन्धी
(अ) बिक्री भएको मिति,
(आ) कर वाहेकको बिक्री मूल्य,
(इ) खरीद मूल्य र बिक्री मूल्य बीचको फरक,
(ई) करको दर,
(उ) करको रकम,
(ऊ) प्राप्त गरेको कूल रकम ।
(२) उपनियम (१) मा उल्लेख गरेको खरीद मूल्य भन्नाले कर सहितको मूल्यलाई जनाउनेछ ।
(३) प्रयोग भै सकेका प्रत्येक वस्तुहरू बिक्री गर्दा बीजक जारी गरी खरिद र बिक्रीको छुट्टा छुट्टै अभिलेख राख्नु पर्नेछ ।
(४) दर्ता भएको व्यक्तिले उपनियम (१), (२) र (३) मा उल्लेख भएको अभिलेख सन्तोषजनक ढंगले राखेको नपाइएमा त्यस्तो करदाताले बिक्री गरेको कूल बिक्री मूल्यमा कर लगाइ अर्को कर विवरण सँगै त्यस्तो कर दाखिल गर्ने गरी कर अधिकृतले लिखित आदेश दिन सक्नेछ ।